Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तको साधारणसभा: गाभ्ने/गाभिने प्रक्रियामा निर्णय गर्न प्रस्ताव

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, ०८ : २७ मा प्रकाशित

हिमालयन लघुवित्तको साधारणसभा: गाभ्ने/गाभिने प्रक्रियामा निर्णय गर्न प्रस्ताव

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी मङ्सिर २७ गते बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा सञ्चालनका लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार मङ्सिर १५ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।

कम्पनीले यस वर्षको साधारणसभामा कुनै लाभांश प्रस्ताव नगरेको छ, तर विभिन्न महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत गरिने छन्।

सभा प्रस्तावहरुमा रहेका बुँदाहरु:

१. वार्षिक प्रतिवेदन पारित: सञ्चालक समितिको तर्फबाट अध्यक्षले २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसमा छलफल गरी पारित गर्न प्रस्ताव गर्ने छन्।
२. वित्तीय प्रतिवेदन पारित: २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव हुनेछ।
३. लेखापरीक्षक नियुक्ति: आगामी आर्थिक वर्ष २०८१/८२ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र उनीहरूको पारिश्रमिक तोक्ने प्रस्ताव हुनेछ।
४. सञ्चालक समितिमा नियुक्ति: संस्थाको नियमावली अनुसार संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि मनोनयन/नियुक्ति अनुमोदन गर्ने प्रस्ताव।
५. सञ्चालक समितिको निर्वाचन: सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव।

विशेष प्रस्तावहरु:

१. नियमावलीमा संशोधन: वित्तीय संस्थाको नियमावलीको केही नियमहरूमा आवश्यक संशोधन गर्ने प्रस्ताव राखिने छ, साथै नियमनकारी निकायबाट आएका निर्देशन वा सुझाव अनुसार नियमावलीमा थपघट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि हुनेछ।
२. गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition): अन्य लघुवित्त वित्तीय संस्थाहरूसँग गाभ्ने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन, त्यसको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न र सो प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको