Like us!
Follow us!
Connect us!
Watch us!

खुलारूपमा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, २३ : १५ मा प्रकाशित

खुलारूपमा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिका कृषि तथा पशुपन्छी विभागले खुला रूपमा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत (नवौँ तह) डा अवधेश  झाले आज एक सूचना जारी गरी खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन् ।

“खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ”, उक्त सूचनामा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको