सेवा हाइड्रो लिमिटेड कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ ।
सोही प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज २० गते उक्त कम्पनीको रजिष्टार्ड कार्यालय थापागाँउ , बानेश्वर , काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सेयर जारी गरेपछि प्राप्त हुने रकम आयोजना निर्माण गर्दा कायम कर्जा तिर्न खर्च हुनेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस