Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकलाई इंगित गर्दै प्रचण्डले भने," केहि नीतिगत र केहि व्यवहारिक कदम नचाल्ने हो भने गम्भिर स्थिति आउँदैछ" (भिडियो)

अर्थ संसार

शनिबार, ३० भदौ २०८०, १७ : ३५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले अब पनि केहि नीतिगत सुधार नचाल्ने हो भने केहि गम्भीर कदमहरु चाल्ने हो र अफ़्टेरो स्थिति आउन सक्ने विचार व्यक्त गरेका छन्। 

नेपाल उद्योग परिसंघले आयोजना गरेको  प्रेसिडेन्टस् ब्यान्क्वेटमा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको क्रममा उनले भने ,"अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयासहरु पर्याप्त छैनन्। अर्थतन्त्र अहिले पनि दबाबमा छ। केहि नीतिगत र केहि व्यवहारिक सुधारका केहि गम्भीर कदमहरु नचाल्ने हो भने अफ़्टेरो स्थिति छ भन्ने महसुस सरकारलाई भइ नै राखेको छ। "

सार्वजनिक कार्यक्रममा पहिलो पटक प्रधामन्त्रीले राष्ट्र बैंक प्रति इंगित गर्दै केन्द्रिय बैंकको काम गराई र मौदिक नीति प्रति असन्तुष्टि ब्यक्त गरेका छन्। 

"नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजि क्षेत्रको चाहनाको बिचमा समुचित तालमेल गर्ने कुरा अझै पनि एउटा चुनौतीको रुपमा हाम्रो अगाडी उपस्थित छ। "प्रधानमन्त्री प्रचण्डले भने ।

उनले अर्थतन्त्र चलायमान र मौद्रिक नीति र वित्तीय नीतिको बिचमा र सार्वजनिक क्षेत्र र निजि क्षेत्रको बिचमा तालमेल मिलाउन आफुले धेरै प्रयास आएको तर धेरै नै सुधार गर्नु पर्ने देखिएको विचार व्यक्त गरे। 

"प्रधामन्त्रीको हैसियतले मौद्रिक नीति र वित्तीय नीतिको बिचमा र सार्वजनिक क्षेत्र र निजि क्षेत्रको बिचमा तालमेल मिलाउन आफुले धेरै प्रयास र बैठक गर्दै पनि आएको छु, केहि मात्राक्रमक रुपमा सुधार भएको महसुस भएता पनि आजको आवश्यकता अनुसारको मौद्रिक नीति र आजको आवश्यकता अनुसारको वित्तीय नीति र आवश्यकता अनुसारको सोच र कार्यशैलीमा धेरै नै सुधार गर्नु पर्ने भने रहिरहेको भने महसुस हुन्छ।" प्रधानमन्त्रीले भने। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको