Like us!
Follow us!
Connect us!
Watch us!

दसैँ, तिहारमा खाद्यान्नको अभाव हुन नदिन र मूल्य वृद्धि घटाउन सरकारलाई निर्देशन

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १५ : ३४ मा प्रकाशित

दसैँ, तिहारमा खाद्यान्नको अभाव हुन नदिन र मूल्य वृद्धि घटाउन सरकारलाई निर्देशन

 दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनका लागि सभापति अब्दुल खानको नेतृत्वको ४ सदस्यीय समिति बनाउने निर्णय सहित संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकी खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । 

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो । 

त्यसै गरी बैठकले अति आवश्यकीय खाद्य वस्तुहरूको बिक्री वितरण सुलभ मूल्यमा पनि गर्न सरकारलाई सचेत गराइएको समितिका सभापति खानले जानकारी दिएका छन् । समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुने गरी अति आवश्यकी खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

उपभोक्ताहरूलाई चाडपर्वको बेला खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न पनि सो समिति बनाउने निर्णय गरिएको सभापति खानले बताए । बैठकमा समितिका सदस्यहरूले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढङ्गले अति आवश्यकी वस्तुहरूको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको