आइतबारको सेयर बजारमा एनआईसी एसिया बैङ्कको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैङ्कको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैङ्कको सेयर कारोबार आइतबार प्रतिकित्ता ८१४ रुपैयाँमा झरेको छ ।
बैङ्कले गत शुक्रवार मात्रै सेयर धनीलाई कूल ३०.५ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको थियो । एकै पटक तीन आर्थिक वर्षपछि लाभांश घोषणा गर्दा पनि बैङ्कले कम लाभांश घोषणा गरेकाले लगानीकर्ताहरू खासै खुसी नभएको आइतबारको कारोबारले देखाउँछ ।
सेयर मूल्य घटेको कम्पनीको सेयर कारोबार भने सर्वाधिक भएको छ । कारोबारमा आएका २७८ वटा स्क्रीप्समध्ये एनआईसी एसियाको मात्रै २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समग्रमा आइतबारको बजारमा कूल २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ५३ करोड रुपैयाँले बढी हो । कारोबार बढेको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ४२.१४ अङ्कले घटेर १९६४.९१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले घटी हो ।
राताम्मे देखिएको बजारमा पनि शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ८९.६० रुपैयाँले बढी हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस