Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा: २५% हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, ०७ : ०७ मा प्रकाशित

नेको इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा: २५% हकप्रद सेयर जारी गर्ने

नेको इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आवहान गरेको छ। हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो।

विशेष साधारणसभाबारे थप जानकारी 

 मिति, स्थान र समय

मिति: २०८० साल आश्विन १९ गते शुक्रवार (तदनुसार ६ अक्टोवर २०२३)
स्थान: लिसारा रिसेप्सन, नक्साल, काठमाडौं ।
समयः विहान ११:०० बजे 

कम्पनीले प्रस्तुत गरेका प्रस्ताव 
१. हाल कायम चुक्ता पूँजीको २५% हकप्रद सेयर जारी गर्ने  ।
२. निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने 
(क) प्रस्ताव नं. १ बमोजिम जारी गरिने हकप्रद सेयरको हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने
३. विविध ।

 बुकक्लोज कहिले ?
विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज १० बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

6507a7d57c8eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको