Like us!
Follow us!
Connect us!
Watch us!

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बृटबलको कालीका नगरमा

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, ०९ : १७ मा प्रकाशित

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बृटबलको कालीका नगरमा

विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बृटबलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ ।

कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्स सँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई , एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे लगाएतले सोरुमको उदघाटन गरेका थिए ।

रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने बिश्वास ब्यक्त गरे ।

शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्रि इभी गाडी हस्तान्तरण गरेको छ ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।

65dc06a8e49b2.jpg 65dc06abcc1c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको