Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १४ : ५२ मा प्रकाशित

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

नेपाल राष्ट्र बैङ्कले करारमा ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैङ्कले सुरक्षातर्फ र टकसार महाशाखाका लागि लागि प्राविधिकतर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैङ्कले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेकट्रिकल एन्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टाग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत पदपूर्ति गर्न लागेको जनाएको छ । 

इच्छुकले यही १५ असोजभित्र आवेदन दिन सक्ने छन् । ४५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कका अनुसार आवेदकको सङ्ख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तर्वार्ता दुवै वा अन्तर्वार्ता मात्रै हुनेछ । 
 

6508139f0c6ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको