Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १६ : ४७ मा प्रकाशित

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट- क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकका ग्राहकहरुले ओपिडी-आइपिडी तथा बेडसम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने सानिमा बैंकले जनाएको छ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा पनि हेर्न सकिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको