Like us!
Follow us!
Connect us!
Watch us!

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, ०७ : ३१ मा प्रकाशित

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज  असोज २ गते अन्तिम दिन रहेको छ।  पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट पछ्यात आज भदौ २९ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरिएको हो। 

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेकाे थियो  । जसमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरेको थियो। 

तेस्तै  सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि पनि पहिलो चरणमा मै आईपीओ बाँडफाँट गरिसकिएको छ। 

त्यसपछि  कम्पनीले दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि , ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो। 

कति दिने आवेदन ?

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन।

कहिलेसम्म दिने आवेदन ?

निष्काशन बन्द असोज २  गते हुनेछ  भने माग अनुसार आवेदन नपरेमा असोज १२ गते सम्म समय थप गरिनेछ।  

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।   

रेटिङ कति ?

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कहाँबाट दिने आवेदन?

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रोजेक्ट र लागत 

कम्पनीले  ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना निर्माण गरिसकेको छ। यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ।आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको