Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, ११ लाख ४९ हजारको हात खाली

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, ०९ : १६ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, ११ लाख ४९ हजारको हात खाली

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ  बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा  आईपीओ बाँडफाँड भएको हो। 

हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढि हो।

जसमध्ये, ३ हजार २८२ जना लगानीकर्ताहरूकाे आवेदन रद्द भएकाे थियाे । याेग्य रहेका १२ लाख ६७ हजार ७०९ जना लगानीकर्ताहरूलाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा  भाग्यमानी १ लाख २१ हजार ३८७ जना लगानीकर्ताहरूले मात्रै २० कित्ता सेयर हात पारेका छन् । बाँकी लगानीकर्ताहरूको भने हात खाली भएकाे छ ।

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिन्छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट https://iporesult.cdsc.com.np/, आईपीओ निष्कासन तथा ग्लोबल आईएमई क्यापिटलको वेवसाइट https://globalimecapital.com/ipo-fpo-share-allotment-check र मेराे सेयरबाट आईपीओकाे नतिजा हेर्न सकिन्छ । 

650918360cb17.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको