Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा हात्ती नामले चर्चित हाथवे इन्भेष्टमेन्टले गर्यो लाभांश घोषणा

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, ०९ : ४६ मा प्रकाशित

सेयरबजारमा हात्ती नामले चर्चित हाथवे इन्भेष्टमेन्टले गर्यो लाभांश घोषणा

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडलेले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट लाभांस वितरण गर्ने निर्णय गरेको छ। 

संचालक समितिले गरेको निर्णय अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

साथै कम्पनीले पुस २६ गते साधारणसभा आह्वान पनि गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते  बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको