Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेण्टको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, १७ : ०४ मा प्रकाशित

हाथवे इन्भेष्टमेण्टको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

हाथवे इन्भेष्टमेण्ट नेपाल लि. ले आफ्नो कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा मिति २०८० असोज ७ गते आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत संदिप शाह र क्यापीटलको तर्फबाट नि.प्रमुख कार्यकारी अधिकृत  नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ साल चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ र हाल कम्पनीको अधिकृत पुँजी रु.१५० करोड तथा जारी तथा चुक्ता पुँजी रु.११७ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२.५ प्रतिशतले हुने २९,२५,००० कित्ता सेयर प्रति कित्ता अंकित मूल्य रु.५०।– का दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । २०८० भाद्र २१ देखि २५ गतेसम्म सर्वसाधारणको लागि सेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको