Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको लाभांस पारित, केशव कोइराला र शिव चन्द्र कार्की संचालक नियुक्त

अर्थ संसार

विहीबार, २६ पुस २०८०, १२ : १२ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको लाभांस पारित, केशव कोइराला र शिव चन्द्र कार्की संचालक नियुक्त

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट लाभांस वितरण गर्ने निर्णय पारित गरेको छ। 

कम्पनीले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस सेयर पारित गरेपछि चुक्ता पुँजी एक अर्ब २८ करोड ७० लाख रुपैयाँ पुग्ने छ।

साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट दुई संचालकमा सेयर बजारका चर्चित विश्लेषक केशव कोइराला र शिव चन्द्र कार्की निर्वाचित भएका छन्। 

कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते  बुक क्लोजको गरेको थियो । अर्थात पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको