Like us!
Follow us!
Connect us!
Watch us!

२४ कम्पनी सेबोनको रेडलिस्टमा

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, ०८ : २८ मा प्रकाशित

२४ कम्पनी सेबोनको रेडलिस्टमा

दोस्रो बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षको वित्तीय विवरण नबुझाउने कम्पनीको सूची सार्वजनिक गरेको छ। 

बोर्डले गत आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमासिक वित्तीय विवरण सम्बन्धमा नियमावलीको व्यवस्थाको सूचिकृत संगठित संस्थाबाट भएको परिपालना स्थिति भन्दै सार्वजनिक गरिएको सूचीमा हरियो, सुन्तला र रातो रंगले कम्पनीलाई वर्गीकरण गरेको छ।  हरियो रंग भन्नाले समयमा विवरण बुझाउने संस्था, सुन्तला रंग भन्नाले विवरण  ढिलो गरि बुझाउने संस्था र रातो संग भन्नाले हाल सम्म पनि विवरण नबुझाउने संस्थाको रुपमा सेबोनले वर्गीकरण गर्दै सूची सार्वजनिक गरेको छ। 

सार्वजनिक गरेको विवरण अनुसार १३९ कम्पनीले समयमा नै वित्तीय विवरण बुझाएको,६४ कम्पनीले ढिलो गरि बुझाएको र २४ कम्पनीले बुझाउदै नबुझाएको उल्ल्लेख छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको