Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री आज न्युयोर्कबाट चीन जाँदै

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, ०९ : २४ मा प्रकाशित

प्रधानमन्त्री आज न्युयोर्कबाट चीन जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै छन्। 

चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जाने तय नेपाल सरकारले गरिसकेको छ। 

न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यहाँ भईरहेको १९ औं एसियाली खेलकुदको भोलि हुने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन।भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणमा केहि महत्वपूर्ण सम्झौता हुने बताईए पनि के कस्ता सम्झौता भन्ने खुलाईएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको