आइतबार सुनको भाउ एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी भने प्रति तोला ५ रुपैयाँले बढेर एक हजार चार सय ३० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २५ रुपैयाँ कायम रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस