Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपको मुद्दामा सुनुवाइ स्थगित

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, ११ : ३१ मा प्रकाशित

सन्दीपको मुद्दामा सुनुवाइ स्थगित

आइतबारको लागि पेशी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा राखेको हो । यसअघि असोज १ गते सोमबार पनि पेसी राखिए पनि न्यायाधीश अभावका कारण सुनुवाइ स्थगित भएको थियो ।

अघिल्लो पटक भदौ २१ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरीको यकिन जन्ममिति जनाउने कागज मगाउँदै असोज १ गतेका लागि पेशी तोकेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको