Like us!
Follow us!
Connect us!
Watch us!

माई होल्डिङ अपडेट नहुँदा तनावमा लगानीकर्ता, इडिआइस गर्न समस्या

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, ०८ : ५५ मा प्रकाशित

माई होल्डिङ अपडेट नहुँदा तनावमा लगानीकर्ता, इडिआइस गर्न समस्या

सेयर बेचे पश्चात् आफ्नो मेरो सेयर खाताबाट ब्रोकर पुलमा सेयर जम्मा गर्न गरिने इडिआइस नहुँदा आइतबार सेयर बेचेका लगानीकर्ता तनावमा परेका छन् ।

सेयर बेचेको भोलिपल्ट ३ बजेसम्म इडिआइस गरिसक्नु पर्ने नियम छ । उक्त अवधि भित्र सेयर ट्रान्सफर नगरे लगानीकर्ताले २०% पेनाल्टी बेहोर्नुपर्ने हुन्छ । तर सेवा प्रदायक आफैले सिस्टममा भएको समस्या नसुधार्दा आम लगानीकर्ता मर्कामा पर्ने देखिएको छ । उसो त विगतमा पनि मेरो सेयरमा समस्या उत्पन्न भइरहेको हुनेगर्दथ्यो । त्यसबेला इडिआइसको समय थपेर समस्याको समाधान गर्ने गरिएको थियो ।

यसपटक मेरो सेयरको माई होल्डिङमा समस्या आएको जनाइएको छ । माइ होल्डिङ अपडेट नगरेसम्म इडिआइस गर्न मिल्दैन तर होल्डिङ डे अपडेट हुन सकेको छैन । यस विषयमा सिडिएससीसँग सम्पर्क गर्दा समस्या समाधानको काम भइरहेको र केही क्षणमा इडिआइस गर्न मिल्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको