Like us!
Follow us!
Connect us!
Watch us!

अल्पकालिन र दीर्घकालिन लगानीकर्ता कसरी छुट्याइन्छ ? EDIS कसरी गर्ने ? (भिडियाे)

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, १३ : २९ मा प्रकाशित

अल्पकालिन र दीर्घकालिन लगानीकर्ता कसरी छुट्याइन्छ ? EDIS कसरी गर्ने ? (भिडियाे)

नयाँ आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गरिएकाे छ । साउन ३ गते आइतबारदेखि याे व्यवस्था धिताेपत्र दाेश्राे बजारमा पनि लागू भइसकेकाे छ ।

यही व्यवस्थालाई कार्यान्वयन गर्न केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले ‘मेरो सेयर’ मा "My Holding" भन्ने नयाँ फिचर थपेकाे छ । आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि My Purchase Source मा My Holdings भन्ने अप्सन थपिएकाे हाे ।

मेराे सेयरमा याे फिचर थपेपछि ईडिआईएस गर्न समस्या देखिएकाे छ । मेराे सेयरमा नयाँ फिचर थपेर अपडेट गर्दा समस्या देखिएपछि लगानीकर्ताहरूले समयमा  ईडिआईएस गर्न पाएका थिएनन् । ईडिआईएस गर्न समस्या भएपछि सिडिएससीले साउन ३ गते आइतबार किनेकाे सेयर ट्रान्सफर गर्न आज बिहान १० बजेसम्म समय पनि थपिदिएकाे थियाे ।

अझै पनि कतिपय लगानीकर्ताहरू कसरी ईडिआईएस गर्ने भनेर अन्याेलतामा परेका छन् । लगानीकर्ताले सजिलैसँग ईडिआईएस गर्न सकुन् भन्ने उद्देश्यले हामीले यसै बारेमा भिडियाे बनाएका छाैँ ।

My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My Holdings मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए Short Term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long Term अर्थात LT छनाेट गर्नुपर्छ  ।

यसैगरी, मर्जर वा प्राप्तिमा गएको सेयर हाे भए  User Defined Merger File मा थिचेर मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिनेछ । त्यसपश्चात् अपडेटमा क्लिक गरि विवरण अध्यावधिक गर्नुपर्ने हुन्छ । यती गरेपछि ट्रान्सफर सेयरमा क्लिक गरि सेयर ट्रान्सफर गर्न सकिन्छ ।

साउनदेखि लागू भएकाे नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ । यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।

ईडिआईएस कसरी गर्ने ?

नयाँ व्यवस्था लागू भएसँगै अबदेखि लगानीकर्ताले सेयर बिक्री गरेपछि EDIS गर्ने बेलामा वेटेड एभरेज गणनासँगै स्वामित्वमा रहेको सेयरको अल्पकालीन तथा दीर्घकालीन समयावधि पनि छुट्याउनु पर्दछ । यसका लागि तलकाे प्रक्रियाहरु हेर्नुहाेस् :

क. आफ्नो स्वामित्वमा रहेको धितोपत्रको स्वामित्व अवधि गणना गर्नका लागि ‘My Purchase Source’ अप्सनमा Click गर्नुहोस् र त्यसभित्र रहेको ‘My Holdings’ मा क्लिक गर्नुुहोस् ।

ख. ‘My Holdings’ मा आफूले बिक्री गरेको प्रत्येक सेयर छनाेट गरी ‘Search’ थिच्नुहोस् ।

ग. Search गरिसकेपछि तपाईको स्वामित्वमा रहेको सेयर संख्या बराबरको कारोबार विवरण Display हुन्छ । त्यसमा System ले ३६५ दिनभन्दा पुरानो सेयरलाई दीर्घकालीन (long Term) मानेर ‘LT’ र ३६५ दिनभन्दा कम अवधिका नयाँ सेयरलाई अल्पकालीन (Short Term) मानेर ‘ST’ संकेत देखाउँछ । यस सिस्टममा रहेको सबै सेयरलाई सेलेक्ट गरी ‘Proceed’ बटन क्लिक गर्नुपर्दछ ।

घ. System ले दिएको विवरण अनुसारको होल्डिङ अवधिमा असहमति भएमा ‘User Defined Holding Days’ अप्सन मार्फत आफैं विवरण पेश गर्न सकिनेछ । तर, ‘रिमार्कस्’ मा आफूले होल्ड गरेको वास्तविक समयावधिको प्रमाण पेश गर्नुपर्दछ । यति गरिसकेपछि ‘Proceed’ Button थिच्नुपर्दछ ।

ङ. यदि तपाईंको स्वामित्वमा रहेको सेयर मर्जर एक्विजिसनमा गएको कारण कर छुट हुने समयावधिमा छ भने ‘User Defined Merger Flag’ सेलेक्ट गरी ‘Remarks’ मा खुलाउनु पर्दछ । त्यसपछि ‘Proceed’ बटनमा क्लिक गर्नुहोस् ।

च. त्यसपछि सहमति जनाउने Check Box सेलेक्ट गरी अपडेट बटनमा क्लिक गर्नुहोस् । यसरी तपाईंको सेयर अल्पकालीन तथा दीर्घकालीनमा विभाजन हुन्छ ।

छ. यसरी आफ्नो स्वामित्वमा रहेको धितोपत्रको समयावधि विभाजन गरिसकेपछि पुनः ‘My EDIS’ मा क्लिक गरी ‘Transfer Share’ मा क्लिक गर्नुहोस् ।

ज. Settelement ID सँगै रहेको View Details मा क्लिक गरी बिक्री कारोबारलाई Select गरी Proceed गर्नुहोस् । त्यसपछि तपाईंले बिक्री गरेको सेयरलाई मर्जर एक्विजिसनका कारण कर छुट हुने, दीर्घकालीन र अल्पकालीन स्वामित्वमा रहेको संख्यामा बाँडफाँट गरिन्छ । त्यसपछि EDIS का लागि Confirm गर्नुहोस् ।

झ. यस विधि अनुसार अपटेड गरेको विवरण तपाईंको राफसाफ सदस्यलाई प्राप्त हुन्छ । साेही विवरण अनुसार राफसाफ सदस्यले तपाईंको कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नेछन् । 

 ईडिआईएस सजिलैसँग गर्न तलकाे भिडियाेबाट सिक्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको