Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलमा बुद्ध एयरको सेफ्टी ड्रील

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, १८ : ०९ मा प्रकाशित

त्रिभुवन विमानस्थलमा बुद्ध एयरको सेफ्टी ड्रील

हवाइसेवा प्रदायक बुद्ध एयरले सोमबार त्रिभुवन विमानस्थलमा सेफ्टी ड्रील आयोजना गरेको छ ।

वार्षिक तालिकाअन्तर्गत नै बुद्ध एयरले आकस्मिक अवस्थाको पूर्वतयारी स्वरुप इमर्जेन्सी रेस्पोन्स ड्रीलको आयोजना गरेको हो । कम्पनीको क्राइसिस म्यानेजमेन्ट सेन्टरको निरीक्षण एवम् समन्वयमा भएको उक्त ड्रीलले सम्भावित जोखिमको अवस्थामा द्रुत र विज्ञ ढङ्गले स्थितिलाई व्यवस्थापन गरी क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुर्याउने जनाइएको छ ।

ड्रीलका क्रममा असन्तुलित ढङ्गले विमान अवतरण गर्न खोज्दा रनवेबाट चिप्लिएको अवस्था सिर्जना गरी अलर्ट सेभेन जारी गरिएको थियो । ड्रीलमार्फत उक्त अवस्थालाई नियन्त्रणमा लिई यात्रुको सुरक्षालाई आश्वस्त पार्न एयरलाइन्सका सबै विभागलाई ट्रेनिङ भएको एयरलाइन्सले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको