Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकका ग्राहकलाई बुध्द एयरको टिकटमा छुट

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, ०९ : १२ मा प्रकाशित

कामना सेवा विकास बैंकका ग्राहकलाई बुध्द एयरको टिकटमा छुट

कामना सेवा विकास बैंकले बुध्द एयरसँग सेवा शुल्क छुट सम्बन्धी छुट सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुध्द एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरुले बुध्द एयरको काउन्टरबाट उक्त छुट पाउनेछन । साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुध्द एयरको काउण्टरबाट टिकट लिएपछि बैंकको मोबाइल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुध्द एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको