Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर ७२ विमान

अर्थ संसार

शनिबार, ११ कार्तिक २०८०, ०८ : १५ मा प्रकाशित

बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर ७२ विमान

देशको निजी हवाई सेवा प्रदायक बुद्ध एयरले नयाँ एटिआर ७२ जहाज भित्र्याएको छ ।

९एन-एओसी कल साइन पाएको नयाँ जहाजले आवश्यक प्रक्रिया सकेर एक महिनाभित्र उडान शुरु गर्ने जनाइएको छ । उक्त विमानलाई शुक्रबार स्वागत गरिएको थियो । नयाँ विमान थपेसँगै बुद्ध एयरको फ्लीटमा १४ एटिआर ७२ र तीन एटिआर ४२ गरि कुल १७ जहाज पुगेका छन् ।

कम्पनीले काठमाडौंसहित १४ गन्तव्यमा दैनिक करिब डेढ सय उडान गर्दै आएको छ । आन्तरिकतर्फ पोखरा, राजविराज, भैरहवा, विराटनगर, भरतपुर, भद्रपुर, सुर्खेत, धनगढी, तुम्लिङटार, नेपालगन्ज, सिमरा र जनकपुरमा उडान गर्दै आएको बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसीमा पनि उडान सञ्चालन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको