Like us!
Follow us!
Connect us!
Watch us!

चुक्तापुँजी भन्दा कम नेटवर्थ भएका कम्पनीले हकप्रद निष्कासन गर्न नपाउने

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १७ : २५ मा प्रकाशित

चुक्तापुँजी भन्दा कम नेटवर्थ भएका कम्पनीले हकप्रद निष्कासन गर्न नपाउने

अबबाट कम्पनीको नेटवर्थ चुक्तापुँजी भन्दा कम भएका कम्पनी हकप्रद निष्कासन गर्न नपाउने भएका छन् ।

धितोपत्र बोर्ड र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानबीच नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रही कारोबार भईरहेको जलविद्युत कम्पनीहरुले निष्काशन गर्ने हकप्रद सेयरको निष्काशनलाई व्यवस्थित गर्ने सम्बन्धमा भएको छलफलमा यस्तो सहमति भएको हो । छलफल पछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा थप गर्ने गरि नयाँ परियोजनामा लगानी गर्न हकप्रद निष्कासन गर्ने कम्पनीको नेटवर्थ चुक्ता पूँजी भन्दा बढी हुनुपर्ने सहमति भएको छ । तर यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागू हुने तथा बोर्डमा निवेदन दर्ता गरिसकेका कम्पनीको हकमा यो व्यवस्था लागू नहुने जनाइएको छ ।

यसैगरी सूचीकृत जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएमा आयोजनाबाट विद्युतको व्यापारिक 
उत्पादन भईसकेको हुनुपर्नेछ । जलविद्युत कम्पनीले प्रारम्भिक निष्काशनको बखत कै परियोजनामा थप लगानी गर्ने वा ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्नुपर्ने अवस्था भएमा हालको व्यवस्था लागू हुने र हकप्रद सेयर निष्काशन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम दुई पटकमा उठाउन सक्ने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको