Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद बाँडफाँट, ११.९४ लाख कित्ता लिलामीमा आउने

अर्थ संसार

बुधबार, १० असोज २०८०, ०७ : ३८ मा प्रकाशित

अपि पावरको हकप्रद बाँडफाँट, ११.९४ लाख कित्ता लिलामीमा आउने

अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट भएको छ। असोज ८ गते बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा हकप्रद सेयर बाँडफाँट भएको कम्पनीले जनाएको छ। 

कम्पनीले जारी गरेको १०: ४ अनुपात अर्थात १० सेयर बराबर ४ सेयर भर्न पाउने हकप्रद सेयरमा रीतपूर्वक आवेदन दिएका १ लाख १० हजार ५६१ सेयरधनी आवेदकलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बाँडफाँट गरेको छ। 

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता साउन ३१ गते देखि भदौ १९ गतेसम्म सेयर निष्काशन गरेको थियो। 

बाँडफाँटमा नपरेको सेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत सम्बन्धित खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ र आवेदनमा नपरेको सेयरमा अब कम्पनीले लिलाम बिक्री प्रकृया अगाडी बढाएको छ। 

कम्पनीले  दिएको जानकारी अनुसार सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा आउने छ। जसवापत लगानीकर्ताले असोज १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। उक्त बोलपत्रमा न्यूनतम मूल्य १०० रुपैयाँ र सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै हक लाग्ने छैन।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्ग–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको