Like us!
Follow us!
Connect us!
Watch us!

सुमेरु अस्पतालका एकै पटक चारजनाको शल्यक्रिया ,दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

अर्थ संसार

बुधबार, १० असोज २०८०, ०८ : ४५ मा प्रकाशित

सुमेरु अस्पतालका एकै पटक चारजनाको शल्यक्रिया ,दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पताल धापाखेलले  आश्विन ३ गते बुधवारका दिन दुई परिवार बीच मृगौला साटासाट गरी सफलतापुर्वक प्रत्यारोपण गरेको छ । यसरी यसप्रकारको एकै पटक चारजनाको शल्यक्रिया गर्नु निकै चुनौतिपूर्ण रहेको अस्तपालले बताएको छ। 

बरिष्ट युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको नेतृत्व र सिनियर सर्जन डा.डि.भि. कार्की, डा. किरण प्रसाद श्रेष्ठ , डा. जियाउल हक ,नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललित कुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा,डा.एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतकोे टिमले यो प्रत्यारोपण सम्पन्न गरेको हो । 
हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ वटा मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भइसकेको छ । हाल विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यबस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामी बीच मृगौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या देखिएको छ । यस्तोमा थप सुविधाका लागि कानुनले मृगौला पिडीत दुई परिवारको बीच मृगौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यबस्था र सुबिधा बारे धेरै बिरामी तथा परिवारजनलाई जानकारी नहुने र भएको खण्डमा समेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ ।

सुमेरु अस्पतालमा अघिल्लो अनुसन्धान प्रकृया बाहेक साढे १० लाख रुपैयाँ खर्चमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । डा। कटवालका अनुसार सम्पूर्ण औषधी सहित, अप्रेसन शुल्क र ७ दिनको अस्पताल बेड चार्ज सहित सम्पूर्ण प्याकेज खर्च सोही शुल्कमा समावेश हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको