Like us!
Follow us!
Connect us!
Watch us!

एसियन खेलकुदमा नेपाली क्रिकेट टोलीको शानदार सुरुआत, मङ्गोलियालाई ३ सय १५ रनको लक्ष्य

अर्थ संसार

बुधबार, १० असोज २०८०, ०८ : ५३ मा प्रकाशित

एसियन खेलकुदमा नेपाली क्रिकेट टोलीको शानदार सुरुआत, मङ्गोलियालाई ३ सय १५ रनको लक्ष्य

एसियन खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाली टोलीले मङ्गोलियाविरुद्ध ३ सय १४ रनको विशाल लक्ष्य खडा गरेको छ ।

अन्तर्राष्ट्रिय टिट्वान्टी खेलकै सर्वाधिक योगफल बनाउने क्रममा नेपालका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत कीर्तिमान पनि कायम गरे । मल्लले ३४ बलमै शतक पूरा गर्दै ५० बलमा १ सय ३७ रन बनाए भने दीपेन्द्रले १० बलमै ५२ रन बनाए । 

कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाउँदा कुशल भुर्तेलले २३ बलमा १९ र आसिफ सेखले १७ बलमा १६ रन बनाए । ३ सय १५ रनको लक्ष्य पछ्याउँदै मङ्गोलियाले ब्याटिङ थालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको