Like us!
Follow us!
Connect us!
Watch us!

भारतविरुद्ध नेपालले पायो २०३ रनको लक्ष्य

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, ०८ : ३१ मा प्रकाशित

भारतविरुद्ध नेपालले पायो २०३ रनको लक्ष्य

एसियन गेम्सअन्तर्गत भइरहेको क्रिकेट खेलको क्वाटरफाइनलमा भारतले नेपाललाई जीतका लागि २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ओपनर यशस्वी जैसवालको उत्कृष्ट शतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार गरेको हो । जैसवालले ४९ बलमै १०० रन बनाउँदै दीपेन्द्र सिंह ऐरीको बलमा अविनाश बोहोराको हातबाट क्याचआउट भए । भारतका लागि कप्तान रितुराज गाइकवाड र शिवम दुवेले समान २५ तथा रिङ्कु सिंहले ३७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा अविनाश बोहोरा र सन्दीप लामिछानेले एक-एक विकेट लिन सफल रहे । प्रतिउत्तरमा २ सय ३ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले केही समयमा ब्याटिङ थाल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको