Like us!
Follow us!
Connect us!
Watch us!

तान्जानियासँग नेपाल २७ रनले पराजित

अर्थ संसार

बुधबार, २९ कार्तिक २०८०, १० : १३ मा प्रकाशित

तान्जानियासँग नेपाल २७ रनले पराजित

हङकङ टी-२० सिरिजअन्तर्गत तान्जानियाविरुद्धको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको छ ।

हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा टस हारेर फिल्डिङ गरेको नेपाललाई तान्जानियाले जितका लागि एक सय १६ रनको लक्ष्य दिएको थियो । तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो । टोलीका लागि हुदा ओमारीले सर्वाधिक २५ रन बनाउँदा आएशा मोहम्मदले २१, सौम मैतेइले १६ रनको योगदान दिए । बलिङ तर्फ नेपालकी सङ्गीता राई र इन्दु बर्माले २-२ विकेट लिँदा पूजा महतो र रुविना क्षेत्रीले १-१ विकेट लिए ।

प्रतिउत्तरमा एक सय १६ लक्ष्य पछ्याएको नेपाल ८८ रनमै सीमित हुन पुग्यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रन बनाउँदा इन्दु बर्माले १७ रन बनाइन् । त्यसबाहेक खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसक्दा नेपाल १६.५ ओभरमा ८८ रनमै अलआइट भएको हो । तान्जानियाकी जेरोमीले तीन विकेट र निमा पिउसले दुई विकेट लिइन् ।

आईसीसी वरीयतामा नेपालभन्दा अगाडि रहेको तान्जानियासँग नेपालले पहिलोपटक खेलेको हो । वरीयतामा तान्जानिया १९औँ स्थानमा रहँदा नेपाल २१औँ स्थानमा रहेको छ । सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको