Like us!
Follow us!
Connect us!
Watch us!

राम्रो खेले पनि हार्यो नेपाल, भारत सेमिफाइनलमा

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, १० : ४१ मा प्रकाशित

राम्रो खेले पनि हार्यो नेपाल, भारत सेमिफाइनलमा

एसियन गेम्सअन्तर्गत भएको क्रिकेट खेलको क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ओपनर यशस्वी जैसवालको उत्कृष्ट शतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार गरेको थियो । जैसवालले ४९ बलमै १०० रन बनाउँदै दीपेन्द्र सिंह ऐरीको बलमा अविनाश बोहोराको हातबाट क्याचआउट भए । भारतका लागि कप्तान रितुराज गाइकवाड र शिवम दुवेले समान २५ तथा रिङ्कु सिंहले ३७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा अविनाश बोहोरा र सन्दीप लामिछानेले एक-एक विकेट लिन सफल रहे । प्रतिउत्तरमा २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनरले विस्फोटक शुरुआत दिन सकेनन् । ओपनर कुशल भुर्तेलले ३२ बलमा संघर्षपूर्ण २८ रन बनाउँदा अर्का ओपनर आसिफ सेख पनि १० रनमै आउट भए ।

कुशल मल्लले २९, दीपेन्द्र सिंह ऐरीले ३२, सन्दीप जोराले २९, करन केसीले १८ रन बनाए पनि टोलीको हार टार्न भने सकेनन् । हारसँगै नेपाली टोली घर फर्किनेछ भने भारत स्वर्णको लक्ष्यसहित सेमिफाइनल खेल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको