Like us!
Follow us!
Connect us!
Watch us!

हङकङले नेपालले दियो ९५ रनको लक्ष्य

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १२ : ४५ मा प्रकाशित

हङकङले नेपालले दियो ९५ रनको लक्ष्य

टिट्वान्टी त्रिदेशीय क्रिकेट सिरिजअन्तर्गत आज हुँदै गरेको खेलमा हङकङले नेपालले ९५ रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङको निर्णय गरेको थियो । नेपालका करन केसीले टोलीलाई उत्कृष्ट सुरुवात दिलाउँदै इनिङको पहिलो बलमै हङकङका कप्तान निजाकत खानलाई बोल्ड आउट गराएका थिए । त्यसपछि इनिङ भरिनै नेपालले उत्कृष्ट बलिङ गर्दा हङकङ निर्धारित २० ओभर पनि नखेल्दै १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो । हङकङका लागि यसिम मुर्तजाले ३५ र जिसन अलिले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए । अविनाश बोहोरा र मौसम ढकालको भागमा पनि एक एक विकेट रह्यो । नेपालले अब केही क्षणमा आफ्नो ब्याटिङ थाल्नेछ ।

सिरिजको पहिलो खेलमा नेपालले युएईलाई हिजो सात विकेटले पराजित गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको