Like us!
Follow us!
Connect us!
Watch us!

अभियन्ता ईःसँग र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति

अर्थ संसार

विहीबार, ११ असोज २०८०, ०६ : ३८ मा प्रकाशित

अभियन्ता ईःसँग र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति

नौ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृ हको प्रवेशद्वारअगाडि सत्याग्रह गरिरहेका अभियन्ता ईःसँग र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति जुटेको छ ।

काठमाडौँ महानगरपालिका, ईः र सडक व्यापारीका प्रतिनिधिको चार बुँदे सहमति भएको छ ।

१९९ घण्टादेखि राष्ट्रिय सभागृहको मूलगेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ईः र सहभागीको स्वास्थ्यलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने पहिलो बुँदामा उल्लेख छ।

त्यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामान महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित धनीलाई महानगरले फिर्ता गर्ने पनि सहमति भएको छ। 

तेस्रो बुँदामा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न समिति गठन गर्ने उल्लेख छ। सहमतिमा महानगरपालिकाका तीन, ईःका तर्फबाट दुई, भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीका प्रतिनिधि एकरएक जना रहने छन्। 

त्यस्तै सहमति अनुसार, फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्नेछ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार अपराह्न मात्रै स्ट्याटस लेख्दै ईः ले उठाएका माग पूरा गर्ने अधिकार आफूसँग नभएको जिकिर गरेका थिए । महानगरपालिकाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतको कार्यालय बुधबारदेखि कमलादीस्थित काठमाडौँ प्लाजामा सारेको थियो।

   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको