Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार थप एक हजार चार सयले घट्यो सुनको भाउ, तीन दिनमै प्रतितोला २६ सयको गिरावट

अर्थ संसार

विहीबार, ११ असोज २०८०, ११ : २२ मा प्रकाशित

बिहीबार थप एक हजार चार सयले घट्यो सुनको भाउ, तीन दिनमै प्रतितोला २६ सयको गिरावट

बिहीबार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ एक हजार चार सय रुपैयाँले र चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ मङ्गलबार प्रति तोला चार सय र बुधबार प्रति तोला आठ सयले घटेको थियो । यस सँगै तीन दिनमै सुनको भाउमा प्रतितोला २६ सय रुपैयाँको गिरावट भएको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि विगत तीन दिनमै प्रतितोला ६० रुपैयाँले घटिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको