Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय बजारमा किन घट्दैछ सुनको भाउ

अर्थ संसार

विहीबार, ११ असोज २०८०, १७ : ०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा किन घट्दैछ सुनको भाउ

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ गत ६ महिना यताकै न्यून विन्दुमा पुगेको छ । नेपालमा पनि गत तीन दिनमै सुनको भाउ प्रति तोला २६ सय रुपैयाँले घटिसकेको छ ।

सुनको भाउ यसरी खस्किनुमा डलर बलियो बन्दै जानू प्रमुख कारण रहेको छ । अमेरिकामा ब्याजदर बढ्दै जाँदा लगानीकर्ता सुनतर्फ कम आकर्षित भएपछि सुनको मागमा गिरावट आई भाउ घट्न थालेको हो । ब्याजदर बढ्दै जाँदा लगानीकर्ता डलर तिरै आकर्षित हुन थालेका छन् । यता अमेरिकाको ट्रेजरी बिलको ब्याजदर पनि १६ वर्षकै उच्च तहमा पुग्दा लगानीकर्ताले सुरक्षित ट्रेजरी बिल्समा लगानी बढाउन थालेका हुन् । अमेरिकी डलर अहिले १० महिना यताकै उच्च तहमा पुगेको छ ।

यता कच्चा तेलको भाउ पनि बढ्दै जाँदा मुद्रास्फीति थप बढ्ने र त्यसलाई नियन्त्रणमा राख्न अमेरिकी फेडरल रिजर्भले थप ब्याजदर बढाउने सम्भावनाबीच पनि लगानीकर्ता सुन छोडेर डलर तिरै आकर्षित भएका हुन् । सन् २०२४ को अन्त्यसम्मै अमेरिकी फेडेरल ब्याजदर ५ प्रतिशत भन्दा माथि नै रहने प्रक्षेपण भएसँगै सुनको भाउ छिटै बढ्ने सम्भावना नरहेको जनाइएको छ । एक वर्ष अघि फेड रेट हालको भन्दा आधा रहेको थियो ।

सुनसँगै चाँदी, प्लाटिनम, तामा जस्ता धातुको मूल्यमा पनि गिरावट देखिएको छ । सुन लगायत धातुमा लगानी गर्दा ब्याज आम्दानी नहुने हुँदा पनि लगानीकर्ता उच्च ब्याज प्रतिफल पाउन लगानी सिफ्ट गर्ने गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको