Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार आठ सयले घट्यो सुनको भाउ, एक साता मै भयो ३४ सयको गिरावट

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, ११ : १५ मा प्रकाशित

शुक्रबार आठ सयले घट्यो सुनको भाउ, एक साता मै भयो ३४ सयको गिरावट

शुक्रबार सुनको भाउमा थप गिरावट आएको छ । आज सुनको भाउ आठ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ मङ्गलबार प्रति तोला चार सय, बुधबार प्रति तोला आठ सय र बिहीबार प्रति तोला १४ सयले घटेको थियो । यस सँगै यस साता सुनको भाउमा प्रतितोला ३४ सय रुपैयाँको गिरावट भएको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको