Like us!
Follow us!
Connect us!
Watch us!

इंग्लीश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी माथि वुल्भरह्याम्पटन वान्डरर्सको जित

अर्थ संसार

आइतबार, १४ असोज २०८०, ०८ : ५६ मा प्रकाशित

इंग्लीश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी माथि वुल्भरह्याम्पटन वान्डरर्सको जित

इंग्लीश प्रिमियर लिगको हिजो राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सले हराउदै म्यान्चेस्टर सिटीको शत प्रतिशत विजयी यात्रामा पूर्णविराम लगाएको छ। 

सिजनको सातौं खेलमा म्यान्चेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले हराएको हो ।

वुल्भ्सलाई विजयी गराउन ह्वाङ हि चानले एक गोल गर्दा म्यान्चेस्टर सिटीका रुबेन डियासले एक आत्माघाति गोल गरेका थिए । पराजित टोली सिटीका लागि जुलियन अल्भारेजले एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिभरपुललाई २–१ ले हरायो । टोटनह्यामका सन ह्युङ मिनले एक गोल गर्दा लिभरपुलका जोएल माटिपले एक आत्माघाति गोल गरेका थिए । दुई खेलाडी कर्टीस जोन्स र डिएगो योटाले रातो कार्ड खाएपछि ९ जनामा समेटिएको लिभरपुलका लागि कोडी गाक्पोले एक गोल फर्काए ।

शनिबार नै आर्सनलले बर्नमाउथलाई ४–० ले हरायो । तेस्तै म्यान्चेस्टर युनाइटेडलाई क्रिष्टल प्यालेसले १–० ले हराउँदा न्युकासल युनाइटेडले बर्न्लेमाथि २–० को जित निकाल्यो भने एस्टन भिल्लाले ब्राइटनलाई ६–१ ले पराजित गर्दा लुटन टाउनले एभर्टनलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको