Like us!
Follow us!
Connect us!
Watch us!

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ०७ : ४८ मा प्रकाशित

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको युनाइटेडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र रासमस होजलण्डले एक एक गोल गरेका थिए ।  त्यसैगरी ब्रेन्टफोर्डका लागि इथान पिनोकले एक गोल गरेका थिए ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो जित हो । यो जितपछि ८ खेलमा ११ अंकसहित म्यानचेस्टर युनाइटेड १०औं स्थानमा रहेको छ ।

त्यसैगरी ब्रेन्टफोर्डको भने ८ खेलमा १० अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको