Like us!
Follow us!
Connect us!
Watch us!

फेलिक्स चेल्सीमा भित्रिए

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ०७ : ५७ मा प्रकाशित

फेलिक्स चेल्सीमा भित्रिए

पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरी चेल्सी भित्रिएका छन् ।

चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ । चेल्सीले फेलिक्सलाई ६ बर्षका लागि भित्र्याएको जानकारी दिएको छ ।

फेलिक्सले यसअघि २०२२-२३ सिजनमा चेल्सीमा लोनमा एक बर्ष खेलेका थिए । 

त्यसपछि लोनमा नै बार्सिलोनाबाट गत सिजन खेलेका फेलिक्स फेरी चेल्सीमै फर्किएका छन् ।

फेलिक्सले चेल्सी फर्किदा आफ्नो घरमा फर्किए जस्तो अनुभव भएको बताएका छन् ।

२४ बर्षिय फेलिक्स एटलेटिको म्याड्रिडमा प्रशिक्षकसँग विवाद भएपछि दुई सिजन ;लोनमा चेल्सी र बार्सिलोनाबाट खेलेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको