Like us!
Follow us!
Connect us!
Watch us!

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेप्सेले लगानीकर्तालाई दियो यस्ता सुझाव

अर्थ संसार

सोमबार, १५ असोज २०८०, ०९ : ५६ मा प्रकाशित

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेप्सेले लगानीकर्तालाई दियो यस्ता सुझाव

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई प्राविधिक देखि आधारभूत पक्षतर्फ विभिन्न सुझावहरु दिएको छ ।

नेप्सेले पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध पक्ष भनेर पाँच विभिन्न बुँदामा लगानीकर्तालाई सुझाव दिएको हो । यस्ता छन् नेप्सेले दिएका बुँदागत सुझावहरु :
१. प्रतिकुल परिस्थिति 
-सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभाव बारे बुझेको हुनुपर्छ । उसलाई लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल दर बारे जानकारी हुनुपर्छ । 
-निरन्तर मुद्रास्फीतिको वातावरणले विभिन्न किसिमका लागानीमा पार्ने प्रभावको जानकारी तथा विश्लेषण लगानीकर्ताले गर्नुपर्छ । 
-अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि गरिने लगानी विविधीकरणको महत्वलाई लगानीकर्ताले बुझेको हुनुपर्छ । 
-लगानीकर्ताले प्रतिकुल अवस्थाका लागि पर्याप्त आपतकालीन कोषको व्यवस्था गरेको हुनुपर्छ । 
-सबै किसिमका लगानीमा जोखिम हुन्छ भन्ने लगानीकर्ताले बुझेको हुनुपर्छ ।
-जोखिम व्यवस्थापन गर्ने, मुद्रास्फीतिको प्रभाव कम गर्ने र चर्को ब्याजको ऋणबाट बच्ने रणनीति तथा योजना लगानीकर्तासँग हुनुपर्छ । 
 
२. दिगो लगानी 
-दीर्घकालीन लगानी तथा लगानी विविधिकरणले प्रतिकुल आर्थिक अवस्था र बजार उतारचढावहरू बाट पार पाउन मद्दत गर्छ ।
-वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार क्षेत्र तथा संस्थामा गरिएको वित्तीय लगानी दीगो हुन्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्छ ।
-धितोपत्र निष्कासनकर्ताले प्रकाशित गर्ने विवरणहरुबाट उक्त संस्था वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार हो कि होइन भन्ने थाहा पाउन सकिन्छ ।
-धितोपत्र निष्कासनकर्ता र लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकताहरू मेल खान्छ कि खादैन विचार गर्नुपर्छ ।
-लगानीको अवसर फरक फरक हुन्छन त्यसमध्ये आफुलाई कुन उपयुक्त हो लगानीकर्ताले छुट्याउन सक्नुपर्छ ।

३. जालसाजी, अपराध तथा ठगी
-लगानीकर्ताले कारोबार गर्ने संस्था इजाजतपत्र प्राप्त हो कि होइन बुझ्नुपर्छ ।
-लगानी गर्नु अघि स्वतन्त्र रूपमा लगानीका अवसरहरूको अनुसन्धान गर्नुपर्छ ।
-छिटो धनी बन्ने, कहिल्यै नोक्सान नहुने, नाफाको ग्यारेन्टी गर्नेहरुको पछि लगानीकर्ता  लाग्नुहुदैन । 
-हतारमा लगानीको निर्णय गर्नु हुदैन ।
-अपरिचितले गर्ने फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्दा आफ्ना सबै कुरा खुलाउनु हुदैन ।
-आफ्ना वित्तीय सूचना भएका मोबाइल, कम्प्युटर लगायतका उपकरणमा बलियो गरी पासवर्ड राखेको हुनुपर्छ ।
-सामाजिक सञ्जाल मार्फत आउने लगानीका प्रस्तावको पछि लाग्नुहुदैन ।
-इन्टरनेटमा पाइने कुनै पनि लगानी सम्बन्धी जानकारीको राम्ररी जाँचबुझ गर्नुपर्छ । 
 
४. लगानीका आधारभुत पक्ष 
-लगानीकर्ताले दीर्घकालीन, नियमित र लगानी विविधकरणको फाइदालाई बुझ्नुपर्छ ।
-लगानीकर्ताले आफ्नो भविष्यको आवश्यकता र लक्ष्य अनुसारको लगानी योजना बनाउनुपर्छ ।
-के मा लगानी गर्दैछु ? भन्ने कुरा लगानीकर्ताले बुझेको हुनुपर्छ ।
-कुन क्षेत्रमा लगानी गर्दा कति शुल्क लाग्छ ? त्यसले लगानी प्रतिफलमा कस्तो प्रभाव पार्छ लगानीकर्ताले थाहा पाउनु पर्छ ।
-लगानीका प्रकृया लगायत लगानी सम्बन्धित विद्यमान ऐन, कानुन लगायतका विषयमा लगानीकर्ता जानकार हुनुपर्छ ।
-लगानीकर्ताले धितोपत्र हस्तान्तरण र रकम भुक्तानी तोकिएको समयमा नै गर्नुपर्छ ।
-बजारमा सुनिने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुदैन ।

५. प्राविधिक पक्ष 
-वर्तमान द्रुत प्रविधिको लगानी वातावरणमा पनि समय लिएर लगानी सम्बन्धी निर्णय गर्नुपर्छ ।
-वित्तीय लगानीमा डिजिटल प्रविधिको उपयोग गर्दा हुनसक्ने जोखिमहरु के के हुन थाहा पाउनुपर्छ ।
-लगानीकर्ताले सूचनाको आधिकारिक स्रोत कुन हो? कुन होइन ? भन्ने छुटयाउन सक्नुपर्छ ।
-द्रुत गतिको प्रविधिको प्रभावमा परेर गर्न सकिने गलत लगानी निर्णय प्रति सधैं सचेत हुनुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको