Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार पनि सुनचाँदीको भाउमा गिरावट

अर्थ संसार

सोमबार, १५ असोज २०८०, १२ : २१ मा प्रकाशित

सोमबार पनि सुनचाँदीको भाउमा गिरावट

सोमबार सुनको भाउमा थप गिरावट आएको छ । आज सुनको भाउ एक सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ अघिल्लो मङ्गलबार प्रति तोला चार सय, बुधबार प्रति तोला आठ सय, बिहीबार प्रति तोला १४ सय र शुक्रबार थप आठ सयले घटेको थियो । आइतबार पनि सुनको भाउमा प्रतितोला ८ सय रुपैयाँको गिरावट भएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको