Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग रहन राष्ट्रबैंकको सुझाव

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, १५ : १८ मा प्रकाशित

डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग रहन राष्ट्रबैंकको सुझाव

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन सर्वसाधारणलाई सुझाव दिएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सावधानी पुर्याउने दायित्व सम्बन्धित व्यक्ति कै हुने भन्दै सजगता अपनाउन सुझाव दिएको हो । कारोबार गर्नुपूर्व बैंकको नाम, खातावालाको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजन जस्ता विवरण यकीन गरेर मात्रै कारोबार गर्न पनि राष्ट्रबैंकले सुझाएको छ ।

डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नपर्ने, भौतिक स्वयम् उपस्थित हुन नपर्ने, लाइन बस्न नपर्ने, खातामा सिधै भुक्तानी हुने जस्ता फाइदा हुने बैंकले उल्लेख गरेको छ । डिजिटल भुक्तानी पारदर्शी तथा विश्वासिलो हुनुका साथै समयको पनि बचत गर्ने तर जोखिमको पनि उत्तिकै सम्भावना रहने हुँदा उच्च सजगता भने अपनाउनु पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको