Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा डिजिटल बैंकिङ्ग प्रवद्धनको लागि चौथौँ अनलाइन वेभिनार सम्पन्न

अर्थ संसार

सोमबार, १० असोज २०७९, ११ : ०० मा प्रकाशित

कामना सेवाद्वारा डिजिटल बैंकिङ्ग प्रवद्धनको लागि चौथौँ अनलाइन वेभिनार सम्पन्न

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुम मार्फत असोज ८ गते चौथौँ अनलाइन वेभिनार सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरिएको थियो ।

बैंकले आफ्नाे वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पनि थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएकाे छ ।

63313616534e4.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको