Like us!
Follow us!
Connect us!
Watch us!

लगातारको गिरावट पछि बुधबार बढ्यो सुनको भाउ

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १० : ५९ मा प्रकाशित

लगातारको गिरावट पछि बुधबार बढ्यो सुनको भाउ

लगातार आठ दिनसम्म घटेको सुनको भाउ बुधबार भने बढेको छ । आज सुनको भाउ तीन सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ अघिल्लो साता मात्रै तीन हजार चार सय रुपैयाँले घटेको थियो भने यो साता पनि सुनको भाउमा प्रतितोला २२ सय रुपैयाँको गिरावट आएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको