Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार प्रतितोला ४ सयले बढ्यो सुनको भाउ

अर्थ संसार

विहीबार, १८ असोज २०८०, ११ : २० मा प्रकाशित

बिहीबार प्रतितोला ४ सयले बढ्यो सुनको भाउ

बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ अघिल्लो साता मात्रै तीन हजार चार सय रुपैयाँले घटेको थियो भने यो साता पनि सुनको भाउमा प्रतितोला २२ सय रुपैयाँको गिरावट आएको थियो । त्यस यता भने बुधबार र बिहीबार गरि दुई दिनमा सुनको भाउमा सात सयले वृद्धि भएको हो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबारदेखि स्थिर रहेको चाँदी सोमबार प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको