Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न

अर्थ संसार

शनिबार, २० असोज २०८०, १६ : ५४ मा प्रकाशित

नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न

नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका (एएनपीए) र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबीआरएम) को संयुक्त सहकार्यमा अक्टोबर ६ र ७, २०२३ मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । 

रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनको लागि अन्तर्राष्ट्रिय स्टेम सेल विज्ञान समुदायको भेला भएको छ । यस सम्मलेनमा अन्तर्राष्ट्रिय चिकित्सकहरु डा. सैयद सलमान नईम गिलानी, डा. रोजिना बादल मुनीर, डा.मासिमो पिराकी, डा.रोहित वारियर, डा.आशान अबेवर्देना, डा.प्रदिप महाजन लगाएत नेपालका चिकित्सकहरुको उपस्थिति रहेको थियो । यस सम्मेलनको उद्देश्य विश्वभरका स्टेम सेल विशेषज्ञहरू, रिसर्चचर र चिकित्सकहरु बीचको सहकार्य र अनुभव आदान प्रदान गर्ने रहको छ । 

 रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनले यस क्षेत्रका विशेषज्ञहरूबीच छलफल र  प्रस्तुतीकरणहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ । स्टेम सेल विज्ञान तिब्र गतिमा अगाडि बढिरहेको हुदा यो सम्मेलन चिकित्सकहरुको लागि अनुभव तथा यस क्षेत्रमा भएका नवीनतम विकासको आदान प्रदानको लागी एक महत्वपूर्ण बैठक बिन्दु बनेको छ ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले, नेपाल मेडिसिटीले विभिन्न अन्तर्राष्ट्रिय संघसंगको संयुक्त सहकार्यमा यस स्तरको सम्मेलन आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको बताउनुभएको छ । नेपालमा नै रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्बन्धि शिक्षा र सुविधा उपलब्ध गराउनका लागि जोड दिएका थिए।

अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिनका प्रतिनिधि डा। रोजिना बादल मुनीरले  रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल अनुसन्धानका विज्ञहरूसँगै आउन र यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्ने सम्मेलन एउटा सुबर्ण अवसर हो र हाम्रो लक्ष्य स्टेम सेल प्रत्यारोपण प्रविधिहरूमा तालिम प्रदान गर्दै चुनौतीहरू र उत्कृष्ट अभ्यासहरू पहिचान गर्नुपर्ने बताएका थिए  । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको