सरकारले आज आइतबारदेखि सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । चाडपर्व लक्षित यस पसल काठमाडौं उपत्यकाका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल मार्फत सेवा प्रदान गरिने छ।
सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख बजेट छुट्याएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपैयाँ छुट्याएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।
काठमाडौं, ललितपुर, भक्तपुर र बाहिरी जिल्लाहरुमा पनि आइतबारबाट सुपथ मूल्य पसल सञ्चालनमा आउने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस