आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि प्रति तोला २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दुई साता लगातार घटेको सुनको भाउ बुधबारदेखि भने उकालो लागेको हो । त्यसयता सुनको भाउमा एक हजारले वृद्धि भइसकेको छ ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस