Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १० : ०१ मा प्रकाशित

सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा माई हाइड्रोपावरका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि बुधबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सानिमा माई हाइड्रोले काठमाडौंको सुकेधारामा रहेको सेलेब्रेसन हाइटमा कात्तिक २३ गते बिहीबारका लागि बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको