Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलमा रहेका नेपाली ल्याउन निगमको विमान आज त्यसतर्फ जाँदै

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १४ : ०३ मा प्रकाशित

इजरायलमा रहेका नेपाली ल्याउन निगमको विमान आज त्यसतर्फ जाँदै

इजरायल र हमासबीचको युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन नेपाल वायुसेवा निगमको जहाज आज राति त्यसतर्फ उड्ने भएको छ ।

बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ उड्न लागेको जनाइएको छ । विमान दुबईमा ट्रान्जिट गरी इजरायलको तेल अभिभस्थित बेन गुरिओन विमानस्थलमा अवतरण गर्नेछ । हमासले आक्रमण गरेपछि इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्कन इच्छुकलाई सम्पर्क गर्न अनुरोध गरेको थियो ।

तेल अभिभस्थित दूतावासको सम्पर्कमा नेपाल फर्किन चाहने करिब ३५० नेपाली रहेको जनाइएको छ । इस्लामिस्ट समूह हमासको आक्रमणमा परी दश नेपालीले ज्यान गुमाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको